तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा इनारमा डुबेर दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा ईनारमा डुबेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित साह पार्टी प्यालेसको इनारमा डुबेका २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पार्टी प्यालेस सञ्चालक ३० वर्षीय सुरज साह र स्थानीय १६ वर्षीय उत्सव नेपाली रहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

करिब ४० फिट गहिरो इनारमा रहेको पानी तान्ने मोटर बिग्रिएर बनाउनका लागि इनार छिरेका उनीहरुको डुबेर मृत्यु भएको अध्यक्ष सुवेदीले बताउनुभयो ।

उनीहरुलाई बचाउन इनारमा छिरेका जीतबहादुर लोको भने उद्दार गरिएको छ । उनलाई थप उपचारका लागि भरतपुर पठाइएको र अवस्था सुधारोन्मुख रहेको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

मृतक सुरज र उत्सवको भने हेटौंडा अस्पतालमा पोष्टमार्टम गर्न ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button