तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाह र रास्वपा लामिछानेबीच भेटवार्ता

फाइल तस्बिर

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा सम्पन्न सो भेटमा विभिन्न विषयमा कुराकानी भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । 

“प्रधानमन्त्री र पार्टी सभापतिबीच सौहार्दपूर्ण कुराकानी भयो, भेटमा विशेष गरी प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीका आन्तरिक विषय, पार्टीले सुरु गर्न लागेको प्रशिक्षण कार्यक्रम, संसद्को आगामी अधिवेशन र सरकारले ल्याउन लागेको अध्यादेशका विषयमा कुराकानी केन्द्रित भएको थियो ।” उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button