तपाईँ सुन्दै हुनुहुन्छः

पटका पड्काउने क्रममा जलेर एक बालकको मृत्यु 

वीरगञ्ज । पर्सामा पटका पड्काउने क्रममा शरीर जलेर एक बालकको मृत्यु भएको छ ।   

मृत्यु हुनेमा पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनी निवासी रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् ।   

सोमबार बिहान करिब ८ बजेको समयमा घरअगाडि पटका पड्काउने क्रममा कुन्दनको छातीमा आगोले पोलेर गम्भीर घाइते भई उनी बेहोस भएका थिए । 

घटनालगत्तै उनलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पताल पु¥याइएको भए पनि उपचारकै क्रममा उनको निधन भएको मृतकका बुवा रामगुलाम सहनीले जानकारी दिनुभयो ।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले पटका पड्काउने क्रममा छातीमा आगोले पोल्दा गम्भीर घाइते भएका बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । प्रहरी प्रवक्ता मल्लले यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button