राष्ट्रपति पौडेलबाट गाईको पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका दिन गाईकोपूजा गर्नुभएको छ ।
उहाँले राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप आज बिहान गाईको पूजा गर्नुभएको हो । उहाँले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाउनुभयो ।
तिहारका अवसरमा समृद्धि तथा सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ ।








प्रतिक्रिया राख्नुहोस्