तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतालाई आत्मसात् गर्नुपर्छ: शङ्कर पोखरेल

घोराही (दाङ) I नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको आधारभूत मूल्य, मान्यतालाई पूर्ण रूपमा आत्मसात् गर्दै सरकारले आफ्ना गतिविधि अघि बढाउनुपर्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल दाङद्वारा आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मुलुकमा लोकतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएका प्रतिपक्ष दललाई सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

पुराना राजनीतिक दलले गरेका गल्ती कमजोरीका कारण गत फागुन २१ मा जनताले नयाँ वैकल्पिक शक्ति रोजेको भए पनि वर्तमान सरकार जनताको त्यो इच्छा र भावनाअनुरूप काम गर्नुपर्नेमा अलमलिएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा एमाले नेतृ सुजिता शाक्य र कोमल वली, पार्टी जिल्ला अध्यक्ष शिवकुमार आचार्य, घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख घनश्याम डाँगीलगायत सहभागी हुनुहुन्थ्यो ।

यसैबीच, त्यस अवसरमा जिल्ला उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको स्वागत एवं सम्मानसमेत गरिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button