तपाईँ सुन्दै हुनुहुन्छः

बैतडी सुपर लिग टी–२० क्रिकेट हुँदै, विजेताले ५ लाख पाउने

बैतडी । बैतडीमा जिल्लाकै हालसम्मकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा ‘बैतडी सुपर लिग (बीएसएल)’ टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो।

संघका अनुसार प्रतियोगिताको विजेता टोलीले रु. ५ लाख र उपविजेता टोलीले रु. २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द सिरिज’लाई रु. २५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही रु. १५ हजार तथा ‘इमर्जिङ प्लेयर’ (उदीयमान खेलाडी) लाई रु. १० हजार प्रदान गरिनेछ।

प्रतियोगितामा बैतडी जिल्लाका १० वटै स्थानीय तहका टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिता ग्रुप लिग, सुपर फोर र फाइनल चरण गरी तीन ढाँचामा सञ्चालन हुने आयोजकले जनाएको छ।

यसै प्रतियोगितामा गरिने प्रदर्शनका आधारमा बैतडी जिल्लाको आधिकारिक टी–२० क्रिकेट टोलीको समेत छनोट गरिनेछ। प्रतियोगिताको खेल तालिका तथा सञ्चालन मिति भने संघले आगामी दिनमा सार्वजनिक गर्ने बताएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button