तपाईँ सुन्दै हुनुहुन्छः

नवरात्रमा पशुपति क्षेत्रका नौ महाशक्ति पीठमा विशेष पूजा

काठमाडौँ । नवरात्रका अवसरमा यस वर्षदेखि पशुपति क्षेत्रका नौ महाशक्ति पीठ र दश महाविद्या स्थलमा विशेष पूजा सुरु भएको छ ।

विश्व शान्ति र राष्ट्र कल्याणको कामनासहित पशुपतिनाथ र पशुपति क्षेत्रका सबै महाशक्ति पीठ तथा देवदेवीमा नवरात्रभर विशेष पूजा गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका  सदस्य केदारमान भण्डारीले बताउनुभयो । 

पाशुपत क्षेत्रस्थित गुह्येश्वरी, वत्सलेश्वरी, जयवागीश्वरी, राजराजेश्वरी, बज्रेश्वरी, कोटेश्वरी, झम्केश्वरी, भुवनेश्वरी र मनमानेश्वरी शक्ति पीठ छन् । यी पीठमा यसै वर्षदेखि विशेष पूजा सुरु गरिएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button