तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलीका साढे आठ लाख रुपैयाँका गाडीका पार्ट्स बरामद

परासी । पश्चिम नवलपरासीमा प्रहरीले भन्सार छली गरी ल्याइएका करिब आठ लाख ५० हजार रुपैयाँ मूल्यका सवारीसाधनका पार्ट्स बरामद गरेको छ।

पाल्हीनन्दन गाउँपालिका–२, रमपुरवास्थित सडकछेउमा बेवारिसे अवस्थामा राखिएका गाडीका पार्ट्स प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार असोज ९ गते राति करिब साढे ९ बजे ती सामान फेला परेका थिए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सामान बरामद गरेको हो।

बरामद गरिएका सामानमा एक लाख रुपैयाँ मूल्य बराबरका चार थान गियरबक्स, चार लाख ५० हजार रुपैयाँ मूल्यका १५ थान गियरबक्स तथा तीन लाख रुपैयाँ मूल्य बराबरका विभिन्न गाडीका पार्ट्स रहेका छन्।

बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button