दुई पत्रकारलाई पहिचान पत्रकारिता पुरस्कार
धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २६ औँ स्थापना दिवसको अवसरमा २ जना पत्रकारलाई ‘पहिचान पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
धनकुटाको भेडेटारमा मङ्गलवार आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को २७ औँ स्थापना दिवस तथा कोशी प्रदेशको ८ औँ साधारण सभामा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटामा कार्यरत विष्णुमाया सिंघक लिम्बू र पाँचथरका पत्रकार गणेश साम्पाङ राईलाई पुरस्कृत गरिएको हो । जनही १० हजार रुपैयाँ राशिको उक्त पुरस्कार फोनिजले विगत ४ वर्षदेखि स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको छ । साम्पाङ पाँचथरका पुराना पत्रकारका रुपमा चिनिनु हुन्छ भने लिम्बू भने लिम्बू भाषाको पत्रकारितामा दखल राख्नुहुने बताइएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ कोशी प्रदेश समितिको आयोजना तथा धनकुटा जिल्ला समितिको सह आयोजनामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशबाट फोनिज संघीय समिति तथा राई पत्रकार र लिम्बू पत्रकार सङ्घमा निर्वाचित तथा नेपाल पत्रकार महासङ्घका केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा फोनिज प्रदेश समितिको साङ्गठनिक प्रतिवेदन र आय व्यय पारित गरिएको फोनिज प्रदेश अध्यक्ष विजयवोध लावतीले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्