अरिङ्गालको टोकाइबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु
गोरखा । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका मकवानपुरका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७ पुवाले घर भई हाल गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ६ घैरुङमा सडक निर्माण सम्बन्धी काम गर्दै आएका ४८ वर्षीय कुमार प्रजाको मृत्यु भएको हो ।
गत असोज १५ गते राति करिब साँढे १० बजे स्थानीय बासकोट जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा करिब २६÷२७ वटा अरिङ्गालले टोकेर घाइते भएका प्रजालाई उपचारका लागि असोज १६ गते बिहान २ः४० बजे प्रदेश अस्पताल गोरखा ल्याइएको थियो ।
गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सोही दिन अपराह्न ५ः०० बजे भरतपुर सरकारी अस्पताल चितवन लगिएकोमा उपचारकै क्रममा असोज १६ गते राति १०ः३८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्