तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु 

जनकपुरधाम । धनुषामा छुट्टाछुट्टै दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । 

धनुषाको छिरेश्वरनाथ नगरपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर छिरेश्वरनाथ नगरपालिका वडा नंं ९ का ३२ बर्षीय श्रवण साह भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । 

छिमेकीको बिग्रेको विद्युत् ठिक गर्न आफै पोलमा चढेपछि पोलको ८ मिटरमाथि चढ्दा अचानक पोलमा विद्युत् प्रवाह भई करेन्ट लागेर  साहको मृत्यु भएको हो । साहको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइएको प्रहरीले जनाएको छ । 

यसैबीच धनुषाको मिथिला नगरपालिका वडा नंं ३ लालभित्तीस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा टिप्पर पल्टिदा सोही उद्योगका सञ्चालकको मृत्यु भएको छ ।

आज बिहान करिब ७ः०० बजे प्रदेश ०२–००२–००१ ख ०१७१ नम्बरको टिप्परबाट बालुवा खसाल्ने क्रममा एक्कासी टिप्पर पल्टिँदा उद्योग सञ्चालक हरि महतो गम्भीर घाइते महतोलाई  हुनु भएको थियो थियो ।

गम्भीर घाइते महतोकोे रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button