तपाईँ सुन्दै हुनुहुन्छः

मनसुन बाहिरिँदै: पश्चिमी क्षेत्रमा मौसम सफा हुँदै जाने

काठमाडौँ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बिहानदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ । 

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ ।

विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रुपमा अनुगमन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button