तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरको बकैयामा पहिरोको जोखिम, १५ परिवार स्थानान्तरण

मकवानपुर। मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेस्थित गरगरे बस्तीमा पहिरोको जोखिम बढेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

भिरालो जमिनबाट डङ–डङ आवाज आउनुका साथै जमिनको केही भाग सरेको र विभिन्न स्थानमा चिरा परेको पाइएपछि स्थानीयलाई जोखिमबारे सूचित गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जोखिम बढेपछि करिब १५र१६ घरपरिवारका मानिसहरू सोही स्थानको सुरक्षित क्षेत्रमा स्थानान्तरण भएर बसेको प्रहरीले जनाएको छ । जमिनमा चिरा पर्न थालेको तथा जमिन सर्ने क्रम देखिएपछि थप क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जनाएको छ। प्रहरीले घटनास्थलको अवस्थाबारे थप निगरानी गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button