तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन अनुरोध

पर्सा । जिल्ला प्रशासन कार्यालय  (जिप्रका) पर्साले जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन अनुरोध गरेको छ । 

यही असोज ९ देखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने मौसम विज्ञान विभागको समाचारलाई ध्यानमा राख्दै जिल्लावासीलाई सचेत रहन अनुरोध गरिएको हो ।  

जिप्रकाले आज सूचना जारी गरी उक्त अवधिमा  जरुरी नभई यात्रा नगर्न र जिल्लामा रहेका साना तथा ठूला खोला नदीको तटीय क्षेत्रमा बसोबास नगर्न  अपिल गरेको छ । 

वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्नुपर्नेमा जिप्रकाको जोड छ । जिप्रकाले भनेको छ, “नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान/पूर्वसूचना/चेतावनीसम्बन्धी जानकारी लिइरहनुहुन पनि अनुरोध गर्दछौँ ।” सहायक प्रजिअले भन्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button