पाल्पाको दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द हुने
पाल्पा । लगातार वर्षा भइरहेका कारण पहिरो तथा बाढीजन्य विपद्को जोखिम बढेपछि पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाका अनुसार आजदेखि असोज १२ गतेसम्म हरेक दिन बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी आवागमन बन्द गरिने छ ।
निरन्तर वर्षा भइरहेको र आगामी केहीसम्म अति भारी वर्षा हुनसक्ने सम्भावना भएकाले बाढी, पहिरो, डुबानलगायत विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो ।
प्रशासनले रातिको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन नगर्न र सम्बन्धित सबैलाई सूचनाको पालना गर्न समेत आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्