एमाले सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।
निर्वाचन समीक्षा कार्यदलले हिजो पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक आज पुनः बसेको हो।
बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ।एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बस्नेछ।








प्रतिक्रिया राख्नुहोस्