तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छलिको मदिरा सहित भारतीय कार नियन्त्रणमा 

नवलपरासी। भन्सार छलेर भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवैध मदिरा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी का अनुसार आइतबार  बिहान ८:२० बजे जिल्ला नवलपरासीको पाल्हीनन्दन गाउँपालिका(१ महेशपुर स्थित भारतबाट भन्सार छली गरी अवैध रुपमा नेपाल तर्फ UP32 UT 5689 नं। को कारमा राखी ल्याउँदै गरेको अवस्थामा कार सहित २ जनालाई ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको चेकिङ टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ओल्ड मङ्क रम २७४ थान बरामद गरेको छ । बरामद मदिराको अन्दाजी मूल्य ५ लाख ४८ हजार रुपैयाँ रहेको छ भने मदिरा ओसारपसारमा प्रयोग भएको UP32 UT 5689  नम्बरको कारको मूल्य ३५ लाख रुपैयाँ कायम गरिएको छ ।

कार र मदिरा सहित जम्मा ४० लाख ४८ हजार रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय महेशपुरमा राखिएको र भन्सार कार्यालय बुझाउने प्रयोजनार्थ ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button