तपाईँ सुन्दै हुनुहुन्छः

लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन संविधानको प्रभावकारी कार्यान्वयन आवश्यक: मुख्यमन्त्री कार्की

 विराटनगर । संविधान दिवस–२०८३ को अवसरमा विराटनगरमा आज बिहान प्रभात फेरी निकालिएकाे छ ।

 संविधान दिवस मुल समारोह समिति कोशी प्रदेशको आयोजनमा विराटनगर स्थित आदर्श विद्यालय अगाडिबाट बाजागाजा झाँकी सहित निस्केको प्रभातफेरिले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

 प्रभाताफेरीमा कोशी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, सङ्घीय सांसद,उद्योगी , व्यवसायी , नागरिकसमाज तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, राष्ट्र सेवक कर्मचारी, नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना लगायत सर्वसाधारणको ठुलो सङ्ख्यामा सहभागिता रहेको थियो । नगरको विभिन्न मागको परिक्रममा पछि प्रभातफेरी सहिदमैदानमा आएर कोणसभामा परिणत भएको थियो । 

आयोजित सभामा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको पूर्ण पालना गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुद्धिढ बनाउँदै लैजानुपर्ने बताउनुभयो ।  लामो सङ्घर्षपछि आएको नेपालको संविधानलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता एवं जबाफदेहिता कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि समाजमा शान्ती सुव्यवस्था, अमनचयन कायम गर्दै आपसी सद्भाव कायम हर्दे राष्ट्रिय एकतालाई थप सुद्धिढ बनाउनुपर्ने बताउनुभयो । 

 नेपालका सबै जात जाती समुदायको हक अधिकार स्थापित गरेकाले संविधानको रक्षाका लागि सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

 उहाँले नयाँ संविधान कार्यान्वयनमा आएपछि मुलुकमा सङ्घीयता र प्रदेश सरकार स्थापना भएसँगै  मुलुक समृद्धितर्फ अग्रसर भएको प्रष्ट पार्नुभयो ।

 कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले हरेका जाती समुदाय तथा नेपाली जनताले संविधानको उपलब्धि हासिल गर्न सके संविधान दिगो हुने बताउनुभयो    ।

 संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख, उपसभामुख, मन्त्रीहरूको समेत सहभागिता थियो । कोशी प्रदेश सरकारले संविधान दिवस तिन दिन सम्म मनाउने गरि सो अवसरमा हिजो देखी कोशी प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । सो अवसरमा विभिन्न कार्यक्रममा उत्कृष्ट भएकाहरूलाई पुरस्कार तथा सम्मानपत्रद्धारा सम्मानित एवं पुरस्कृत गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button