तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु कूटनीतिमा सशक्त अन्तर्राष्ट्रिय राजनीतिक पहलको खाँचो: सांसदहरू

काठमाडौँ। सङ्घीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सांसदहरूले जलवायु कूटनीतिमा सरकारको अन्तर्राष्ट्रिय राजनीतिक पहल अझ सशक्त हुनुपर्ने बताउनुभएको छ ।

समितिको आज बसेको बैठकमा सांसदहरूले जलवायु परिवर्तन सम्बोधनका नाममा प्राविधिक विकास र व्यवसायमुखी स्वार्थभन्दा माथि उठेर प्राथमिकताका साथ जलवायु न्यायलाई अन्तर्राष्ट्रिय राजनीतिक मुद्दाका रुपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

गत भाद्र १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी र जलवायु परिवर्तनको असर माथिको छलफलमा सांसदहरूले बढ्दो तापक्रमले हिमाली क्षेत्रमा पारेको असर न्यूनीकरण गर्दै हिमतालहरूको जोखिम मापन र हिमाल संरक्षणमा ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो ।

बैठकमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. छत्रमणि शर्माले जलवायु परिवर्तनसँग जुध्ने क्षमता सबै देशको समान नभएको र जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भएपनि असर भने बढी भोग्नुपरेकाले जलवायु न्यायको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी रूपमा उठाउनुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button