मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सुर्खेत । सुर्खेतको लेक बेसीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
वीरेन्द्रनगर नगरपालिका–१० बरिपाटीकी ५५ वर्षिया आशा बुढाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय लेक बेसीका अनुसार लेक बेसी नगरपालिका–१० झुप्रादेखि भुत चोकतर्फ आउँदै गरेको १७ वर्षीय मनोज आचार्यले चलाएको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदल यात्री बुढालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि उपचारका लागि माया नर्सिङ होम हुँदै प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो ।
प्रदेश अस्पतालबाट रेफर गरेर नेपालगञ्ज पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्