बोलेरो गाडीमा ढुङ्गाले लाग्दा ज्येष्ठ नागरिकको मृत्यु
दोलखा । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर-६ चङ्खु दुम्सिदिङमा माथिबाट खसेको ढुङ्गाले लागेर बोलेरो गाडीमा सवार ७५ वर्षीय ज्येष्ठ नागरिक मान बहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ८:३० बजे मार्वुबाट सिंगटीतर्फ आउँदै गरेको बागमती प्रदेश ०८००१ च ०८८२ नम्बरको बोलेरो गाडीमा सडक माथिबाट खसेको ढुङ्गाले लाग्दा अगाडि सिटमा बसेका तामाङको बायाँ खुट्टामा गम्भीर चोट लागेको थियो । सिंगटीमा प्राथामिक उपचार गरि हेलिकप्टरबाट काठमाडौँ स्थित टिचिङ अस्पताल लगिएका तामाङलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनले बताए ।
बोलेरो गाडीमा चालक सहित ३ जना रहेको प्रहरीले जनाएको छ । चालक गौरीशङ्कर गाउँपालिका वडा नम्बर-७ मार्वुका टिकाराम गुरुङलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्