एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन
भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत बर्ष जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको भक्तपुरको बालकोटस्थित निवासको अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा अध्यक्ष ओलीले आगजनीबाट भएको क्षति तथा त्यसपछिको अवस्थाबारे जानकारी लिनुभयो ।
अवलोकन पछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंसात्मक घटनाले देशमा ठुलो क्षति भएको उल्लेख गर्नुभयो ।
त्यस क्रममा ओली पत्नी राधिका शाक्यद्वारा लिखित स्मृतिमा बालकोट घर–सपनाको भग्नावशेष स्मृति पुस्तिका सार्वजनिक गरिएको थियो ।
बालकोट स्थित निवास आगजनीपछि उहाँ हाल गुण्डुमा बस्दै आउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्