तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सुचारु

सुर्खेत । पहिरोले तीनदेखि अवरुद्ध सुर्खेत खण्डको कर्णाली राजमार्ग सुचारु भएको छ । 

आइतबार साँझ कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराह ताल गाउँपालिका–७, औलिसेमा सडक माथिबाट आएको पहिरोले अवरुद्ध राजमार्ग दुई दिनको अथक प्रयासपछि सडक डिभिजन कार्यालय सुर्खेत र दैलेखको संयुक्त प्रयासले सडक सुचारु भएको हो । 

दुई दिनदेखि लगातार पहिरो खस्ने क्रम जारी रहेको हुँदा तत्काल काम गर्न जोखिम रहेकाले पहिरो हटाउन समय बढी लागेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । अन्दाजी १५ मिटर माथिबाट १५ मिटर सडकखण्डमा पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । 

सडक डिभिजन कार्यालय दैलेखबाट आएको लोडर र सडक डिभिजन कार्यालय सुर्खेतको संयुक्त प्रयासबाट अप्ठ्यारो ठाउँको पहिरो हटाएर अहिले दुईतर्फी नै राजमार्ग सुचारु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button