रसुवा बाढी: चीनले पठायो दुई ठूला विमानमा आपत्कालिन सामग्री

काठमाडाैँ। चीन सरकारले रसुवा बाढी प्रभावित क्षेत्रको लागि चीनको वायुसेनाका २ वटा युन–२० ठूला मालवाहक विमानमा आपत्कालीन उद्धार सामग्री, उद्धार उपकरण सहित ४ जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पठाएको छ।

उद्धार सामग्री, उद्धार उपकरण सहितको उद्धार विशेषज्ञ टोली आइतबार बिहान नेपाल आइपुगेको हो ।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, प्रतिनिधिसभा सदस्य धर्मा केसी लगायतले उद्धार सामग्री हस्तान्तरण समारोहमा सहभागिता जनाउँदै उद्धार विशेषज्ञहरूलाई स्वागत गरेका थिए।
दुवै मालवाहक विमान आईतवारनै चीनको छेन्दुस्थित शुआङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन। करिब ३ घण्टाको उडानपछि काठमाडौँ आइपुगेका विमानमा पाल, कम्बल, सुत्ने झोला, प्याकेटबन्द सुख्खा खाद्य सामग्री, प्राथमिक उपचारका सामग्रीलगायत १३ हजार २०० थान उद्धार सामग्री रहेको नेपाल स्थित चिनियाँ दुतावासले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्