‘शैक्षिक क्षेत्रको सुधारका लागि न्यायोचित र समानुपातिक बजेट वितरण आवश्यक’
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले शैक्षिक क्षेत्रको सुधारका लागि न्यायोचित र समानुपातिक बजेट वितरण आवश्यक रहेको बताउनुभएको छ।

धनगढीमा आयोजित प्रदेश स्तरीय विद्यालय दिवा खाजा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयको पूर्वाधार निर्माणसँगै विद्यार्थीका लागि पोषणयुक्त दिवा खाजालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री भट्टले प्रदेशको विकास र,समृद्धिका बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सुशासन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। उहाँले सरकारका काम कारबाहीमा निरन्तर खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो।
उहाँले दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री भट्टले प्रदेश सरकार बजेट निर्माणमा रहेको उल्लेख गर्दै सरकारी नीति, योजना र कार्यक्रमलाई जनमुखी र परिणाममुखी बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष भरत शाहको अध्यक्षतामा भएको सम्मेलनमा सामाजिक विकास मन्त्री सन्तोष शर्मा थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दमन बहादुर भण्डारी, दातृ निकाय, सरकारी तथा गैर सकारी, निजी क्षेत्रका प्रतिनिधि, पत्रकार एवं सरोकारवालाको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्