तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा बाढी: सुदूरपश्चिमका ११ जना सकुशल सम्पर्कमा, १२९ अझै बेपत्ता

धनगढी। भोटेकोसी बाढीका कारण सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका ११ जना सकुशल भेटिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदम बिष्टका अनुसार आज सम्पर्कमा आउनेहरू मध्य कञ्चनपुरका ९ जना, डडेल्धुराका १ जना र कैलालीका १जना रहेका छन् । उनीहरू सबै सम्पर्कमा आएका छन् ।

भोटेकोसीमा बाढीका कारण अहिलेसम्म सुदूरपश्चिम प्रदेशका १ सय २९ जना सम्पर्कविहीन अवस्थामा रहेका छन् । एसएसपी बिष्टले सम्पर्कविहीन हुनेमा कैलालीका ४८ जना, कञ्चनपुरका ३४, डडेल्धुराका १६, बाजुराका १४, दार्चुलाका ४, डोटीका २, बैतडीका ८, बझाङका २, अछामका २ जना रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button