नेपाल प्रहरीलाई प्रविधिमैत्री अनुसन्धानका लागि सञ्चार उपकरण हस्तान्तरण
जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानमा सघाउ पुर्याउने उद्देश्यले मधेश प्रदेश प्रहरीलाई विभिन्न सञ्चार उपकरणहरू हस्तान्तरण गरेको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई मन्त्रालयमा आयोजित विशेष कार्यक्रमबीच ती सञ्चार उपकरणहरू हस्तान्तरण गरेको हो ।
सञ्चार उपकरणहरूमा मेटल डिटेक्टर, सिसिटिभी, वाल थ्रो, सिसीटिभी मरम्मत सम्बन्धी सामाग्रीहरू तथा सडक सुरक्षाका लागि आवश्यक पर्ने अन्य सहयोगी सामाग्रीहरू रहेका छन् ।
सामाग्रीहरू हस्तान्तरण गर्नुहुँदै मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले प्रहरीलाई प्रदान गरिएका उपकरणले अवैध वस्तु, सामाग्रीको पहिचान गर्न तथा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीले नेपाल प्रहरीको अनुसन्धानलाई बलियो बनाउन तथा अपराध नियन्त्रणमा प्रदेश सरकारले प्रदान गरेको उपकरणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव डा. विन्देश्वर प्रसाद लेखक सहितका नेपाल प्रहरीका प्रदेश स्थित उच्च अधिकारीहरूको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्