तपाईँ सुन्दै हुनुहुन्छः

विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्पछिको उद्धार तथा राहतका लागि आवश्यक सामग्री तथा सहयोगको माग दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

प्राधिकरणका अनुसार विपद्का कारण प्रभावित व्यक्ति तथा सम्बन्धित निकायलाई आवश्यक सामग्री र सहयोगको माग सेतु प्रणालीमार्फत दर्ता गर्न सकिन्छ । सम्बन्धित विवरण https://setu.ndrrma.gov.np/.   मा गई भर्नुहुन प्राधिकरणले अनुरोध गरेको छ । 

प्राधिकरणका अनुसार हालसम्म १७४ जनाले यस्तो आग्रह गरिसकेका छन् । सेतु प्रणालीमार्फत प्राप्त मागका आधारमा विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोग तथा राहत व्यवस्थापनमा सहजीकरण हुने अपेक्षा गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button