तपाईँ सुन्दै हुनुहुन्छः

 मोहम्मद जयन्तीमा भदौ १० गते नेपालगञ्जका विद्यालयमा सार्वजनिक बिदा

नेपालगञ्ज। मोहम्मद जयन्तीको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा सार्वजनिक बिदा हुने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचना अनुसार २०८३ साल भदौ १० गते बुधबार मोहम्मद जयन्तीको अवसरमा विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको हो ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र शाहीले सम्बन्धित सबै विद्यालयलाई उक्त निर्णय अनुसार बिदा कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयलाई यो सूचना पालना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button