तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस : यु–१८ तर्फ शाश्वत र यु–१६ तर्फ सुरेन्द्रलाई उपाधि

पोखरा । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा पोखरामा सम्पन्न प्रथम पिसिएम कप खुला राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत यु–१८ ब्वाईज सिङ्गल तर्फको उपाधि शाश्वत बज्राचार्यले जित्नुभएको छ । सोमबार पोखरा रङ्गशालामा रहेको टेनिस कोर्टमा भएको फाइनल खेलमा सन्दिप विकलाई ६–१,६–१ को सहज सेटमा पराजित गर्दै शाश्वतले उपाधि जित्नुभएको हो । 

त्यस्तै, यु–१४ ब्वाईज सिङ्गल उपाधि आर्यषराज पौडेलले जित्नुभएको छ । उहाँले अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गर्नुभएको हो । यस्तै यू–१६ ब्वाइज सिंगल्समा सुरेन्द्र बिकले उपाधि जित्नुभयो । फाइनलमा उहाँले आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गर्नुभयो । गर्ल्सतर्फ यु–१२ र यु–१० तर्फको उपाधि निम्ती कुँवरले हात पार्न सफल हुनुभयो । यू–८ गर्ल्स सिंगल्समा वाणी राजभण्डारी प्रथम तथा निवेदी सुनार द्वितीय हुनुभयो भने यू–१२ ब्वाइज सिंगल्समा सहंश बस्नेतले इभान भट्टराईलाई पराजित गर्दै प्रथम हुन सफल हुनुभयो । यू–९ ब्वाइज सिंगल्समा सवज्र्ञ जंग खत्री प्रथम तथा सोनम टी घले द्वितीय हुनु भएको आयोजक संघका महासचिव नवीन श्रेष्ठले बताउनुभयो ।

विजयी खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठ, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, प्रतियोगिता संयोजक लोक गुरुङ लगायतले एक समारोहबिच आकर्षक गिफ्ट ह्याम्परसहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गर्नुभयो । सो अवसरमा कलेज प्राचार्य श्रेष्ठले पोखरा कलेज अफ म्यानेज्मेण्टले विगत २५ वर्ष देखि व्यवस्थापनको क्षेत्रका पठनपाठनसँगै युवा लक्षित विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिनुभयो ।

आयोजक समितिका अध्यक्ष समेत रहनुभएका कलेजका अध्यक्ष विनोद कायस्थले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबै सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button