तपाईँ सुन्दै हुनुहुन्छः

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष रास्वपामा प्रवेश

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

एमालेका तर्फबाट दोस्रो पटक विजयनगर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित लक्ष्मी कुमारी चौधरी र वडा नम्बर ५ का अध्यक्ष अनवर मोहम्मद मुसलमानले यही भदौ ५ गते रास्वपाको साधारण सदस्यता लिनुभएको हाे।

रास्वपा प्रवेश गरेकी चौधरी एमाले जिल्ला कमिटी सदस्य तथा अखिल नेपाल महिला संघ कपिलवस्तुकी जिल्ला उपाध्यक्ष हुनुन्थ्यो। त्यस्तै, वडा अध्यक्ष मुसलमान नेपाल मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशका उपाध्यक्ष हुनुन्थ्यो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिकै जिम्मेवारीमा रहेका बेला नयाँ राजनीतिक यात्राको सुरुआतका लागि रास्वपा रोजेको मुसलमानले स्विकारेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button