तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

मुस्ताङ। प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आउनुभएको थियो ।

शनिबारअपराह्न उहाँँले मुक्तिनाथको पूजार्चना गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button