सरकारसँग १४ बुँदे सहमति भएपछि लघुवित्त ऋणीहरू घर फर्किए
काठमाडौँ। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग १४ बुँदे सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन्।
नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबीच भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएपछि ऋणीहरूले धर्ना कार्यक्रम स्थगित गरेका हुन्।

सहमति भएपछि आज बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बसको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको हो।
विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीलाई आठवटा बसमार्फत बिदाइ गरिएको छ। उनीहरूलाई झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लातर्फ पठाइएको हो।
सरकारसँग भएको सहमतिपछि लामो समयदेखि जारी धर्ना स्थगित भएसँगै ऋणीहरू आ–आफ्नो घर फर्किएका छन्। सहमतिमा उठाइएका माग कार्यान्वयन हुने अपेक्षा ऋणीहरूले गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्