अटिजम भएका बालबालिकाहरूका लागि सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने

धनगढी । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि सातै प्रदेशमा आवासीय विद्यालय स्थापना गरिने बताउनुभएको छ । त्यसका लागि सरकारले बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
धनगढीमा आयोजित छलफल कार्यक्रममा मन्त्री पोखरेलले अटिजम भएका बालबालिकाहरूको स्वास्थ्य शिक्षाका लागि सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री पोखरेलले नयाँ शिक्षा ऐनमा अटिजम सम्बन्धी नीति समेटिने बताउनुभयो । अटिजम नौलो भएकाले सामाजिक चेतना फैलाउन आवश्यक रहेको र अटिजमको समस्या समाधानका लागि सरकारी तथा गैरसरकारी निकाय सबैले हातेमाले गरि अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री पोखरेलले अटिजम सम्बन्धी मापदण्ड बनिरहेको अवस्थामा सरोकारवालाबाट प्राप्त सुझाव महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा सांसद सरिता महतोले अटिजम भएका बालबालिकालाई वरदान रुपमा लिन अभिभावकहरूलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटीका अध्यक्ष रमेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्