तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले छोप्यो वडा कार्यालय

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन पहिरोले पुरिएको छ । पछिल्ला केही दिनयता परेको लगातारको वर्षापछि आएको पहिरोले वडा कार्यालय भवनमा बस्न नमिल्ने गरी क्षति पु¥याएको छ । 

वडा अध्यक्ष लाक्पा गेलु शेर्पाका अनुसार वडा कार्यालयसँगै रहेको अस्थायी प्रहरी चौकीसमेत जोखिममा परेपछि  तत्कालका लागि सुरक्षित स्थानमा सारिएको  जानकारी दिनुभयो । पहिरोका कारण वडा कार्यालय तथा प्रहरी चौकी रहेको क्षेत्र थप जोखिमपूर्ण बनेपछि सम्भावित क्षति रोक्न स्थानान्तरण गरिएको हो ।

वडा कार्यालय भवनमा पहिरोले पु¥याएको क्षतिको विवरण तथा जोखिम क्षेत्रको अवस्थाबारे थप मूल्याङ्कन भइरहेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । स्थानीय तहले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा वर्षाका बेला पहिरोको सम्भावना भएका स्थानमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button