पुराना नेताको विस्थापन नै समस्याको समाधान होइन : राप्रपा अध्यक्ष लिङ्देन
नवलपरासी,पश्चिम् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा अब राष्ट्रिय सहमति अपरिहार्य रहेको बताउनुभएको छ ।नेपालमा लामो समय निषेधको राजनीति चलेकाले त्यसले देशलाई निकास दिन नसकेको उहाँको जिकिर थियो ।

राप्रपाको नवलपरासी जिल्ला अधिवेशनलाई सम्बोधन गर्न आज नवलपरासीको सदरमुकाम परासी आइपुग्नुभएका अध्यक्ष लिङ्देनले भन्नू भयो ‘हिजो राजाले दलहरूलाई निषेध गरे होलान्, दलहरूले राजालाई निषेध गरे होलान्, एउटै दलभित्र पनि एउटा गुटले अर्को गुटलाई निषेध गर्यो होला, तर लामो समयसम्म चलिआएको निषेधको राजनीतिले देशलाई दिशानिर्देश गर्न सकेन अब हामी सबै एकै ठाउँमा उभिएर राष्ट्रिय सहमति गर्नु आवश्यक छ’
उहाँले पुराना नेताको विस्थापन नै मुलुकको समस्याको समाधान नभएको उल्लेख गर्दै सबै राजनीतिक दलहरूको एकता र सहमतिबाटै निकास खोज्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्