तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा पहिरो अपडेट :  १० जनाको मृत्यु, ८ को सनाखत, ३ बेपत्ता

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ उवाको कोटलबारामा पहिरोमा परी हालसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये आठ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी तीन जना अझै बेपत्ता छन् भने गम्भीर घाइते दुई जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

बुधबार रातिदेखि परेको अविरल वर्षासँगै आएको लेदो, ढुङ्गा र मुढासहितको पहिरोले कोटलबाराका नौ घर, एक किराना पसल, दुई गोठ र एक चर्च बगाएको थियो।

रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पंचकुमार बाखुका अनुसार मृत्यु हुनेमा १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ८५ वर्षीया हस्तकला रोका मगर, ३८ वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर र पाँच वर्षीय अशोक पुन मगर रहेका छन्। 

यसैबीच, प्युठानको माडी खोलाका विभिन्न स्थानमा पाँच बेवारिसे शव फेला परेका छन्। तीमध्ये तीन जनाको पहिचान भएको र उनीहरु कोटलबारा पहिरोमा बेपत्ता भएकै व्यक्ति भएको खुलेको छ। बेवारिसे अवस्थामा भेटिएका मध्ये ३८ वर्षीया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ५ वर्षीय अशोक पुन मगरको पहिचान खुलेको छ भने अन्य दुई शवको पहिचान हुन बाँकी छ।  

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, रेडक्रस, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी खोज तथा उद्धारमा खटिएका छन्। लगातार वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button