तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामको राराबमा कानून विषयको पठन पाठन शुरु

जनकपुरधाम । मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा कानून विषयको स्नातक तहको पठन पाठन चालु शैक्षिक शत्रवाट शुरु भएको छ ।

त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहेको सो कलेजमा एलएलबीको पठन पाठन शुरु भएपछि यस क्षेत्रका विद्यार्थीहरू लाभान्वित हुने भएको हो ।

यस अघि यस क्षेत्रका विद्यार्थीहरूले कानून विषयको स्नातक तहको पठन पाठनका लागि सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस वा काठमाण्डौमा जानु पर्ने बाध्यतामा रहेका थिए । तर जनकपुरधाममा नै एलएलविको पठन पाठन शुरु भएपछि विद्यार्थीहरू खुशी भएका छन् ।

त्रिभुवन विश्व विद्यालयको यस भेगकै पुरानो कलेजको रुपमा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा ३ सय सिट एलएलबीका लागि उपलब्ध गराएको छ ।

विद्यार्थीहरूले अव आफ्नै घरमा नै बसेर कानून विषको पठन पाठन गर्न पाएपछि खुशी भएका छन् । कलेजले विद्यार्थी भर्नाका लागि यस अघि प्रवेश परीक्षा सहितका सम्पूर्ण प्रक्रियाहरू पुरा गरिसकेका छन् ।

प्रवेश परीक्षामा सिट भन्दा भन्दा पाँच गुणा बढी विद्यार्थीहरू सहभागी भएपछि योग्यता क्रमको आधारमा विद्यार्थीहरूको भर्नाका लागि कलेज प्रशासनले छनौट गर्ने काम गरेका थिए ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button