तपाईँ सुन्दै हुनुहुन्छः

दलितको मौलिक हक कार्यान्वयन तथा विकासका लागि विधेयक तर्जुमा हुदैछः मन्त्री गौतम

काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सरकारले दलित समुदायको संवैधानिक हक अधिकारको कार्यान्वयन र समग्र विकासका लागि विशेष कार्ययोजना सहितको कानुनी र नीतिगत प्रक्रिया अगाडि बढाएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै मन्त्री गौतमले सदनबाट पारित सङ्कल्प प्रस्तावको कार्यान्वयन अवस्थाबारे स्पष्ट पार्दै सरकारको १०० बुँदे शासकीय सुधारको कार्यसूची अन्तर्गत दलित समुदायसँग औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने विषय समावेश गरेको जानकारी गराउनुभयो ।

मन्त्री गौतमले संविधानको धारा ४० मा व्यवस्था गरिएको दलितको मौलिक हक कार्यान्वयनका लागि दलितको हक अधिकार तथा विकास सम्बन्धी विधेयक तर्जुमा भई महिला मन्त्रालयमा प्राप्त भएको जानकारी गराउनुभयो । 

सांसदहरुले सोधेका प्रश्नको जवाफमा कानुनमन्त्री गौतमले इन्धन खपत कम गर्ने र सार्वजनिक बिदा हुने अन्तर्राष्ट्रिय अभ्यास अनुसार ल्याइएको सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाको पुनरावलोकन गर्ने कुनै कार्य अहिले नभएको स्पष्ट पार्नुभयो । 

उहाँले सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता कायम गर्न तथा आन्तरिक पर्यटन प्रवद्र्धन गरी समग्र आर्थिक गतिविधि बनाउन यस व्यवस्थाले सहयोग पु¥याएको बताउनुभयो ।

मन्त्री गौतमले सातामा दुई दिन बिदा हुने र अन्य दिन बिहान ९ बजे नै कार्यालय खुल्ने भएकाले सेवाग्राहीलाई थप सहजता हुनुका साथै कर्मचारी र श्रमिकको मनोबल, उत्प्रेरणा र कार्यसम्पादनमा सकारात्मक प्रभाव परेको तथा कार्यकुशलता, उत्पादकत्व र सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुगेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button