तपाईँ सुन्दै हुनुहुन्छः

आधिँखोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवक मृत फेला

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ स्थित आधिँखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।

सल्यानको सिद्ध कुमाख गाउँपालिका १ घर भई हाल गल्याङ नगरपालिका ११ मुडकिल्लामा बस्दै आएका करिब २५ वर्षीय बलदेव बस्नेत आइतबार आधिँखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । बस्नेत गल्याङ ११ मुडकिल्ला स्थित पुल निर्माणको काममा समेत संलग्न रहेको बताइएको छ ।

बेपत्ता बस्नेतको खोजीका लागि प्रहरी चौकी गल्याङ र सशस्त्र प्रहरी वालिङबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोमबार दिउँसो आधिँखोलामा शव फेला पारेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button