तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँसको वितरण प्रणाली परिवर्तन हुँदा असन्तुलन : मन्त्री यादव

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले साविक अनुसार नै खाना पकाउने एलपी ग्याँसको आयात भइरहे पनि वितरण प्रणाली परिवर्तन हुँदा केही असन्तुलन देखिएको बताउनुभएको छ । 

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री कुमारीले साउनदेखि भरी सिलिन्डर वितरण सुरु गर्दा केही समस्या आएको बताउनुभयो । 

मन्त्री यादवले अहिले मुलुकको आन्तरिक माग धान्न पुग्ने गरी नै आयात भइरहेको भएपनि उपभोक्ताले एकै पटक ग्याँसको माग गर्दा बजारमा समस्या देखिएको बताउनुभयो ।

मन्त्री यादवले हाल नेपालमा ५८ वटा एलपी ग्याँस उद्योगहरू सञ्चालनमा रहेको र उद्योगहरूको कुल ग्याँस भण्डारण क्षमता १० हजार १ सय ६६ मेट्रिक टन रहेको सदनलाई जानकारी गराउनुभयो ।  

हाल बजारमा करिब १ करोड ७५ लाख थान ग्याँस सिलिन्डर भर्न सक्ने फिलिङ क्षमता उपलब्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री यादवले आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button