कृषि क्षेत्रको विकास सरकारको प्राथमिकतामा छ: मुख्यमन्त्री शाह
धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ।
कैलालीको लम्कीचुहा नगरपालिका–४ स्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नवनिर्मित बीउ प्रशोधन तथा भण्डारण गृहको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले किसानमैत्री वातावरण निर्माणका लागि सरकार निरन्तर लागिपरेको बताउनुभयो।

किसानलाई प्रोत्साहन गर्न अनुदानका साथै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन भइरहेको उहाँको भनाइ थियो। “मेरो कार्यकालमा प्रदेशभर कृषि क्षेत्रको विकासमा उल्लेख्य कामहरू भएका छन्,” मुख्यमन्त्री शाहले भन्नुभयो, “किसानलाई प्रोत्साहित गर्नकै लागि सरकारले बजेटमा किसानमैत्री कार्यक्रम र अनुदानको व्यवस्था गरेको छ।”
उक्त भण्डारण गृह प्रदेश सरकार मातहतको कृषि विकास निर्देशनालयको १७ लाख १५ हजार रुपैयाँ अनुदान र सहकारी संस्थाको २८ लाख १५ हजार रुपैयाँ गरी कुल ४५ लाख ३० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।








प्रतिक्रिया राख्नुहोस्