तपाईँ सुन्दै हुनुहुन्छः

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण 

काठमाडौँ । सांसदहरुले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले खाना पकाउने ग्याँसको अभाव, तरकारी, फलफूल, खाद्यान्न लगायतका बढेको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको भन्दै बजार अनुगमनलाई प्रभावकारी बनाउन माग गर्नुभयो । 

सांसदहरुले सरकार कोठा खाली छ भन्ने नारासहित दिपा नेपाली लगायतका दलित समुदायका मानिसहरू माइतीघरमा १०७ दिन सत्याग्रह बसिरहेकाले सत्याग्रहीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसदहरुले पश्चिम नवलपरासी सुस्तामा भारतीय पक्षले अस्थायी बाँध भत्काएपछि उत्पन्न विवादका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जिम्मेवार ढङ्गबाट कूटनीतिक रुपमा विवादको समाधान खोज्न र सिमामा रहेका नेपाली नागरिकको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button