गृहमन्त्रीद्वारा महोत्तरीस्थित मटिहानी–मधवापुर दशगजा क्षेत्रको निरीक्षण

महोत्तरी । गृहमन्त्री सुधन गुरुङले महोत्तरीमा नेपाल–भारत सीमा मटिहानी–मधवापुर दशगजा क्षेत्रको निरीक्षण गर्नुभएको छ ।मन्त्री गुरुङले नेपाल–भारत सीमा अन्तर्गत मटिहानी–मधवापुर दशगजा क्षेत्रको निरीक्षण गर्नुभएको हो ।
गृहमन्त्री गुरुङले सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको स्थलगत निरीक्षण गर्दै सीमाको वर्तमान अवस्था, सुरक्षा व्यवस्थापन तथा आवतजावतको अवस्थाबारे जानकारी लिनुभयो ।

मटिहानीस्थित सशस्त्र प्रहरी बलको बीओपी पुगेर सुरक्षा अवस्थाबारे ब्रिफिङ लिँदै गृहमन्त्री गुरुङले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सतर्कता अपनाउन निर्देशन दिनुभयो ।

गृहमन्त्री गुरुङ दशगजा क्षेत्रको निरीक्षणका साथै बर्दिबासस्थित टुटेश्वरनाथ महादेव मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायण मठमा पूजा–अर्चना र पीरबाबा मजारमा चादर समेत ओढाउनुभएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्