तपाईँ सुन्दै हुनुहुन्छः

छिमेकी मुलुकबाट महोत्तरी प्रवेश गर्नेलाई परिचयपत्र अनिवार्य

महोत्तरी । महोत्तरीको सीमा नाका भई नेपाल भित्रिने सम्पूर्ण यात्रुहरूलाई अनिवार्य रूपमा आफ्नो आधिकारिक पहिचान खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको छ ।

सुनसरीमा भएको दुःखद् घटनापछि मुलुकको विभिन्न स्थानमा विकसित भइरहेका संवेदनशील घटनाक्रमलाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले शुक्रबार जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, धार्मिक(सामाजिक सद्भावसम्बन्धी समन्वय बैठकबाट सीमा प्रवेश गर्नेलाई परिचय पत्र देखाएर प्रवेश गर्न दिने निर्णय गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

सामाजिक सञ्जालमा सद्भाव भड्काउने किसिमका अफवाह, भ्रामक, अपुष्ट र द्वेषपूर्ण सामग्रीहरू सम्प्रेषण नगर्नुको साथै त्यस्ता सामग्रीहरु शेयर नगर्न समेत आग्रह गर्ने र कहीँ कतै कसैले त्यस्ता कार्य गरेमा संलग्न जोकोहीलाई प्रचलित नेपाल कानून बमोजिम कडा कारबाही गर्ने निर्णय बैठकबाट गरिएको जिल्ला प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button