कर्णालीमा अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्ने

सुर्खेत । प्रदेश प्रमुख यज्ञराज जोशीले अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले नै कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोक्नु भएको छ ।
प्रदेश प्रमुखको कार्यालयबाट शनिबार जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्ले कार्यसञ्चालन गर्नेगरी तोकेको उल्लेख छ । प्रदेश प्रमुख जोशीले मुख्यमन्त्री यामलाल कँडेलले दिएको लिखित राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आव्हान समेत गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव तथा प्रवक्ता भीमराज थानीले बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम प्रदेश सभामा शनिबार सम्बोधन गर्दै राजीनामा दिनु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्