तपाईँ सुन्दै हुनुहुन्छः

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

दाङ I राजपुर गाउँपालिकामा  ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका— २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी  ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी  अस्पताल पुर्‍याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button