महोत्तरीमा सर्पदंशबाट एक बालकको मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरा चल्कीमा सर्पदंशले बिहीबार एक बालकको मृत्यु भएको छ।
स्थानीय चन्दन कापरका–८ वर्षीय छोरा विवेक कापरलाई बुधबार साँझ घर छेउको आँप टिप्ने क्रममा विषालु सर्पले टोकेको थियो । बुधबार उपचारको लागि बर्दिबास जनसेवा अस्पतालमा भर्ना गरिएको थियो।
विवेकलाई आज डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता पन्चलाल गोलेले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्