तपाईँ सुन्दै हुनुहुन्छः

धान खेतको पानीमा डुबेर बालिकाको मृत्यु

बारा । बाराको सुवर्ण गाउँपालिकामा धान खेतको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका–९ बलुवाकी राजेन्द्र महतोकी १८ महिने छोरी लालु कुमारी महतो रहेकी छन् । 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बालिका आफ्नो मामा घर सुवर्ण गाउँपालिका–७ चौरहियामा आएकी थिइन् । आइतबार साँझ करिब ५ः३० बजे घर पछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा उनी डुबेको प्रहरीले जनाएको छ । परिवारले खोजतलास गर्ने क्रममा साँझ करिब ६ः१५ बजे बालिकालाई मृत फेला पारेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button