तपाईँ सुन्दै हुनुहुन्छः

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्य कोषमा

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्य कोषमा दाखिला गरेका छन् ।

विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा रु ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो ।

देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्योगका रु ८८ करोड बक्यौता थियो । 

दश उद्योगको लाइन काटियो

सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको बिजुलीको लाइन काटिएको छ ।

कन्टिनेन्टल ग्रुपका दुई उद्योगको रु चार करोड बक्यौता छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button